कवि नेपालीको कविता कृति ‘‘कसन’’ लोकार्पण

सुदूरपश्मिाञ्चल साहित्य समाजका महासचिव एवं कवि गणेशबहादुर नेपालीको पहिलो कविता संग्रह ‘‘कसन’’ लोकार्पण गरिएको छ । बुधवार धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले सो कृति लोकापर्ण गरेका हुन् ।

लोकापर्ण कार्यक्रममा बोल्दै मन्त्री बोहराले कवि एंव कसनका सर्जक नेपालीलाई नेपाली साहित्यमा नयाँ सृजना थपेकोमा बधाई सहित धन्यवाद व्यक्त गरेका छन् । साहित्य मानिसको जीवनको अभिन्न अंग भएको उल्लेख गर्दै उनले साहित्य विना समाज अधुरो हुने बताए । देशका ठूल–ठूला परिवर्तनहरु साहित्यबाटै सम्भव भएको समेत उनले बताए ।

साहित्य विनाको समाज अगाडि बढ्न नसक्ने उनले बताए । मन्त्री बोहराले साहित्य समाजका लागि कुनै पनि कमि हुन नदिने प्रतिवद्धता गरेका छन् । आर्थिक, भौतिक र मानसिक रुपले जति सहयोग गर्न तयार रहेको उनले बताए ।

सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । २०७४ का मदन पुरस्कार विजेता रामलाल जोशी लगायत अन्य साहित्यकारहरूले मन्तव्य राखेका थिए ।


१८ जेठ २०७९, बुधवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु