punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, छोरीले गरिन् बाबुविरुद्ध उजुरी

Chaupati
safha napa

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी छन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।

गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरूको जिम्मा स्थानीय अधिकारकर्मीहरूले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरूले सहयोग संकलन पनि गरेका छन् ।

 


१८ जेठ २०७९, बुधवार ०९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु