punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयरलाई केही गुनासा र सल्लाह/सुझाव छन् ? यो नम्बरमा कल गर्नोस्

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई तपाईंका केही गुनासा, सल्लाहसुझाव छन् रु वा तपाईं कुनै समस्यामा हुनुहुन्छ रु यदि त्यसो हो भने तपाईंले अब चिन्ता गर्नुपर्दैन । किनभने नगर प्रमुख हमालले नगरवासीका लागि एउटा नम्बर उपलब्ध गराएका छन्, जसमा तपाईंले समस्या, सुझाव दिन सक्नुहुन्छ ।

उनले सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका हुन् ।

‘यो नम्बर मसँग हुन्छ । नागरिकको गुनासो सुन्नलाई हो । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् । म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने ।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।

यसैबीच नगरप्रमुख हमालले उपमहानगर नगरपालिकाका सूचना तत्काल उपलब्ध गराइने बताएका छन् । ‘कार्यपालिका संविधानभन्दा माथि छैन । सूचना दिनु हाम्रो दायित्व हो । हाम्रो प्रयास के रहन्छ भने नागरिकले सूचना माग्नुपर्ने होइन हामीले दिनुपर्ने संस्कारको थालनी गर्न चाहान्छौँ । सूचनाको लागि नगरपालिका धाउनु नपरोस् ।’

यसैबीच धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले कतिपय सूचना दिन मिल्ने र नमिल्ने हुँदा सूचना वर्गीकरण गरी तत्काल सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।


१६ जेठ २०७९, सोमवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु