न्यूनतम पारिश्रमिक समितिकी अध्यक्ष खड्काले भनिन्–पत्रकारको पारिश्रमिक साउनदेखि बढ्छ
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको पारिश्रमिक साउनदेखि बढाइने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समितिकी अध्यक्ष खड्काले समय सापेक्षतामा श्रमजीवी पत्रकारको पारिश्रमिक बढाइने उल्लेख गरेकी छन् ।
‘पत्रकारको पारिश्रमिक साउनदेखि अवश्य बढ्नेछ । यसअघिकै समितिले सिफारिस गरेको थियो, म त्यहाँ पुगेपछि अझ समय सापेक्ष बनाएर अघिल्लो समितिले सिफारिस गरेको भन्दा अझ थपेर लागू गर्नुपर्छ भनेर केही समय विज्ञहरुसँगको परामर्श पछि समय अनुकूल नै बढ्नेछ’ खड्काले लेखेकी छिन्, ‘हाम्रो ध्यान तोकिएको पारिश्रमिक समयमै पाउनुपर्छ भन्ने हो ।
त्यसका लागि यहाँहरु सबैको साथमा हामी पहलकदमी लिनेछौ । सरकारको बजेट घोषणा पश्चात् केही साथीहरूले ध्यानाकर्षण गर्नुभयो त्यसका लागि धन्यवाद ।’
१६ जेठ २०७९, सोमवार १३:४५ बजे प्रकाशित






























