दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो
दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ ।
तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।
तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो।
१६ जेठ २०७९, सोमवार ११:४७ बजे प्रकाशित






























