punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । यसअघि गत शुक्रवार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन आब्हानकालागि प्रदेश प्रमुखसँग आग्रह गर्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट आज दिउँसो ३ वजेदेखि सुरु हुने गरी अधिवेशनको आब्हान भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिवेशन सुरु भएपछि दुई तीन दिनभित्रै प्रदेश सरकारले आगामी वर्षकालागि नीति तथा कार्यक्रम ल्याउने र सोही अनुसार असार १ गते बजेट प्रस्तुत गरिने मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले जानकारी दिएको छ ।


१६ जेठ २०७९, सोमवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु