punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जहाज दुर्घटनामा धनगढीका २ जना

Chaupati
safha napa

तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेमा कैलालीका दुईजना रहेको पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका १४ एच गाँउ फूलबारीका पुरुषोत्तम गोले र ईन्द्रदेवी तामाङ्ग रहेका छन् । उनीहरू श्रीमान् श्रीमाती हुन् ।

गलैंचा उद्योग संचालन गरी काठमाडौं बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका १४ एच गाउँ फूलबारीमा शिद्वार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए । सामाजिक अगुवाका रुपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा विना पारिश्रमिक शिक्षक भएर सेवासमेत दिएका थिए ।

उनी काठमाडौंमा जोरपाटीमा गलैंचा उद्योग संचालन गर्दै आएका थिए । उनका तीन छोरा र तीन छोरी छन् ।


१६ जेठ २०७९, सोमवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु