punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं, जेठ २४ । नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणबाट डोल्पाको जगदुल्ला गाउँपालिका-३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका– ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मिर्गौलाको बिरामी रहेकी धनगढी–४ की महिलाको डायलासिसका क्रममा शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार कोभिड १९ का कुनै लक्षण नदेखिए पनि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

यस्तै, गत जेठ २० गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ स्थित होम क्वारेन्टाइनमै ज्यान गुमाएका ५८ वर्षीय पुरुषमा शनिबार कोरोनाको संक्रमण पुष्टि भएको थियो। निधनपछि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।


२४ जेठ २०७७, शनिवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु