सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी,२४ जेठ। सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।
यसैगरी, काठमाडौंका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलशैन नगरपालिका १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
यसअघि बझाङमा ६ र डडेल्धुरामा एकजनालाई आजै संक्रमण पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५ पुगेको छ ।
२४ जेठ २०७७, शनिवार १०:५९ बजे प्रकाशित































