punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हङकङमा गलत सूचना फैलाएको आरोपमा १९ जना पक्राउ

Chaupati
safha napa

हङकङ प्रहरीले गलत सूचना फैलाउनेलगायतका आरोपमा १९ जनालाई पक्राउ गरेको छ।हङकङमा कोभिड–१९ को पाँचौं लहर चलिरहेको समयमा उनीहरुले गलत सूचना फैलाएको हङकङको सुरक्षामन्त्री क्रिस टाङ पिङ केउङले बताएका छन्।

लेजिस्टटिभ काउन्सिलको बैठकमा बोल्दै उनले अहिले पक्राउ परेकाहरुले महामारी नियन्त्रणको लागि लगाइएको नियम पालना नगरेको बताएका हुन्।त्यसका साथै उनीहरुले अरुलाई पनि महामारीको नियम उल्लंघन गर्न पनि उक्साएको केउङले बताए।

साथै उनीहरुले आइसोलेसनको नियम कानुन तोड्ने तथा गलत समाचार सम्प्रेषण गर्ने गर्थे।टाङले हङकङमा मिथ्या समाचारविरुद्ध लड्ने कुनै कानुन नभए पनि अन्य सबै नियमको प्रयोग गर्दै त्यसलाई नियन्त्रण गर्न सकेसम्मको प्रयास गरिरहेको बताएका छन्।


२८ वैशाख २०७९, बुधवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु