punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि खुकुरीसहित पुगेपछि…

Chaupati
safha napa

गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि हतियारसहित पक्राउ परेका छन्।बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेका हुन्।

उनलाई खुकुरीसहित पक्राउ गरिएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए।

‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको रहेछ। बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छु, उनले भने, उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ।’

 


२८ वैशाख २०७९, बुधवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु