सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि
धनगढी,जेठ १८ । सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
प्रयोगशालाका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई वर्षीया मृतक बालिका र उनकी २३ वर्षीया आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जना गरी २६ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिममा सुरुवातका पाँच जना संक्रमित भने कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। भने सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण एक जनाको ज्यान गईसकेको छ ।
१८ जेठ २०७७, आइतवार ०९:४९ बजे प्रकाशित































