punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साढे चार करोडको सुन चोरी गर्ने ३ जना पक्राउ

Chaupati
safha napa

बुटवलमा सुन पसल चोरी गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

बुटवल ६ बीपी चोकस्थित दिलबहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चार करोडभन्दा बढीको सुन र गहना चोरी भएको थियो ।

चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक २ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ का मोहम्मद सारीक पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलिले खोजतलासको क्रममा वैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट यूपी ३२ एलडब्लू ३१५१ वागोनर गाडी जाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १०/१० ग्रामको सुनको बिस्कुट २ थान, २० ग्रामको सुनको बिस्कुट १ थान, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का १ थान, सुनको पैसाको सिक्का आकारको गोलो १ थान, मोबाइल ३ थान, नगद भारु १०० को नोट ६० वटा, आधार कार्ड, एटीएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द् रेग्मीले जानकारी दिए ।

 


२७ वैशाख २०७९, मंगलवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु