‘पार्टीका विरुद्ध लाग्ने कार्यकर्तालाई ठाउँको ठाउँ कारबाही हुन्छन्’ : काँग्रेस सभापति
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले स्थानीय निर्वाचनमा काँग्रेस भएर अन्य पार्टीका उम्मेदबार सहयोग गर्ने कार्यकर्तालाई ठाउको ठाउ कार्वाही गर्ने चेतावनी दिएका छन् ।
‘३६४ दिन काँग्रेस हुने भोट हाल्ने एक दिन अन्य पार्टीलाई भोट हाल्ने’ सभापति भट्टले भने– ‘काम नालग्ने कार्यकर्ता पार्टीमा नबसे हुन्छ ।’
धनगढीको फुलबारीमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै सभापति भट्टले सो कुरा बताएका हुन् । अहिले धनगढीमा हाम्रा पार्टीका कार्यकर्ता पार्टीका उम्मेदबार भन्दा अन्यको प्रचार गरिरहेका छन् सबैको अनुगमन गर्न टोलटोलमा टोली समेत खटाएको उनले बताएका छन् ।
‘मैलै अहिले बिभिन्न ठाउमा चुनावी सभामा जादै गर्दा पार्टीको लोटर प्याड बोकेर नै हिडिराखेको छु’ उनले भने –‘सबै पार्टी कार्यकर्ताहरु ईमान्दार भएर लाग्न समेत सबैमा आग्रह गर्दछु ।’अहिले पार्टीका उम्मेदबारका बिरुद्ध आफ्नै कार्यकर्ताहरु अन्य उम्मेदबारका पक्षमा मत हाल्न प्रचार गर्दै आएको कुरा सुन्दैछु, यो कदापी सह्य हुन सक्दैन उनले भने । पार्टीको निर्णय नमान्ने र गठबन्धनको खिलाफमा लाग्नेलाई साधारण सदस्य नरहने गरी कारबाही गर्छु भट्टले उद्घोष गरेका छन् ।
नेपाली काँग्रेसका नेता कार्य कताले कहीँ कतै दुष्साहा गरेको छ भने तत्काल पत्र लखेर पठाउन सभापति भट्टले वडा,क्षेत्रीय सभापतिलाई निर्देशन दिएका छन् । कहीँ कतै दुष्साहा गरेको छ भने तत्काल कारबाही हुने उनले बताएका छन् । संस्थाले गरेका निर्णय विरुद्ध सकैलाई रहर लागे भन्दैमा जे पनि गर्न नपाइने भट्टले बताए ।
पार्टीको निर्णय नमान्ने त्यो व्यक्ति कार्यकर्ता हुँदैन उनले भने,‘ पार्टीको निर्णय कसैलाई प्रिय लाग्न सक्छ । कसैलाई अप्रिय लाग्न सक्छ त्यो स्वाभाविक हो । तर अप्रिय मान् मान्छे ढोगी हो । ’ सभापति नारायणदत्त भट्टले पार्टी प्रति प्रतिबद्ध नहुने र पार्टीले गरेको निर्णय नमान्ने त्यो व्यक्ति कार्यकर्ता हुनै सक्दैन बताए ।
२७ वैशाख २०७९, मंगलवार १७:५८ बजे प्रकाशित































