दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु
दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ
२७ वैशाख २०७९, मंगलवार १६:३९ बजे प्रकाशित































