देशभर थप १३ जनामा कोरोना संक्रमण, १८५ जना सक्रिय संक्रमित
देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १८५ जना सक्रिय संक्रमित रहेका छन् ।
२७ वैशाख २०७९, मंगलवार १६:४२ बजे प्रकाशित































