punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाले गरे मतदातालाई अपिल

Chaupati
safha napa

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गरेका हुन् ।

कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उनले उल्लेख गरेका छन् । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उनको भनाइ छ ।

 


२७ वैशाख २०७९, मंगलवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु