वैशाख ३० गते निजी क्षेत्रलाई पनि बिदा दिनु: निर्वाचन आयोग
निर्वाचन आयोगले निजी क्षेत्र, वित्तीय संघ संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ ।
आयोगले विज्ञप्तिमार्फत् स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदानका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा दिन आग्रह गरेको हो ।
२७ वैशाख २०७९, मंगलवार ११:३४ बजे प्रकाशित































