punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्ण मल्लको आरोप- प्रधानमन्त्री देउवा मतदाता किन्न डडेल्धुरा आए

Chaupati
safha napa

नेपाली कांग्रसको कारबाहीमा परेका डडेल्धुराका नेता तथा सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराका मतदाता किन्न करोडौँ रकम बोकेर आएको आरोप लगाएका छन्। मल्लले बोलेको यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

‘यहाँका मतदातालाई किन्नका लागि आज मात्रै डडेल्धुराबाट बाग्मती अञ्चलको गाडीमा करोडौँ पैसा आएका छन्,’ मल्लले भनेका छन्, ‘शेरबहादुर देउवा जीले रुखमा उठेका उम्मेदवारलाई मतदानका गर्नका लागि, डडेल्धुराका मतदातलाई खरिद गर्नका लागि करोडौँ पैसा आएको छ।’उक्त रकम डडेल्धुराको कुनै एउटा विद्युत कर्मचारीको घरमा राखिएको पनि उनले दाबी गरेका छन्।

‘हरेक जनताले प्रश्न गर्नुहोला र रुखबाट उम्मेदवार भएका साथीहरुले पनि मेरो हिस्सामा कति पर्छ भनेर पहिला हिस्सा लिनुहोस्, र सच्चा प्रजातन्त्रवादी हो भने चोक चोकमा ल्याएर सार्वजनिक गर्नुस्,’ उनले भनेका छन्, ‘जनता त हामीलाई मतदिन तयार थिए। तर शेरबहादुर दाइले पैसा दिएर जनतालाई किन भनेर निर्देशन गरेको भनेर सच्चा कांग्रेस हो भने सार्वजनिक गर्नुहोस्।’

क्रियाशिल सदस्यता वितरणदेखि असन्तुष्ट रहेका मल्लले स्थानीय तह निर्वाचनमा डडेल्धुरा कांग्रेसमा बिद्रोह गरेर नेपाली कांग्रेस (बीपी) बाट नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन्।चुनावी आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा सोमबार डडेल्धुरा पुगेका थिए।


२७ वैशाख २०७९, मंगलवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु