punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय परिचयपत्र छपाई सुरु

Chaupati
safha napa

राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् ।

विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु गरिएको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको उनले बताए ।

विभागका महानिर्देशक भट्टराईका अनुसार यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य लिइएको छ ।

छपाई मेसिनले एक घण्टामा एक हजार एक सय कार्ड छाप्ने क्षमता राख्ने भएकाले परिचयपत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

राष्ट्रिय परिचयपत्र अभियान नै चलाएर विभागले ५६ लाख ५३ हजार २ सय ९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ ।

हाल सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।


२७ वैशाख २०७९, मंगलवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु