punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तुलसीपुरका एमाले वडाध्यक्ष उम्मेदवारको मृत्युु

Chaupati
safha napa

दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यहीं क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

उनको शवलाई दाहसंस्कारका लागि दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

 


२७ वैशाख २०७९, मंगलवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु