punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज रातिदेखि मौन अवधि सुरु :के गर्नु हुन्छ, के हुँदैन ?

Chaupati
safha napa

वैशाख ३० मा हुने तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवार मतदातासँग मत माग्न पाउने छैनन् । तर, विगतका निर्वाचनमा मौन अवधिकै बेला ज्यादा चलखेल हुने गरेको नजिर छ ।

आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचार–प्रसार, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष–विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न पाइँदैन ।

निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ ।  गर्न नहुने काम गरे कारबाही गर्ने जनाएको छ ।


२७ वैशाख २०७९, मंगलवार ०६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु