गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते
गोरखाको आरुघाट गाउँपालिका– १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ ।
आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।
कुटपिटबाट घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर छ । आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रमस्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् ।
२७ वैशाख २०७९, मंगलवार ०६:३७ बजे प्रकाशित






























