आज वैशाख २७ गते मंगलबारको राशिफल
आज २०७९ साल वैशाख २७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ?
मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ।
वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।
मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ।
कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।
सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।
कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।
तुला स् स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।
वृश्चिक : परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ। आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ।
धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।
मकर : आयआर्जन बढ्नेछ। अधुरा कामहरु बन्नेछन्।
कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका कामहरु अधुरा रहनेछन्।
मीन : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।
२७ वैशाख २०७९, मंगलवार ०६:१८ बजे प्रकाशित






























