punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नेताद्वयको बास- देउवा आफ्नै निवासमा, प्रचण्ड रुबस होटलमा

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् ।

धनगढी पुगेका देउवा धनगढी उपमहानगरपालिका– ४ स्थित आफ्नै निवासमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने धनगढीको रुबस होटेलमा बसेका छन् ।

देउवा र प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त चुनावी सभापछि देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रचण्डले भने सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभालाई सम्बोधन गर्ने माओवादी केन्द्रका नेता रमेश भट्टराईले जानकारी दिए । स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ ।


२५ वैशाख २०७९, आइतवार २०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु