punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली भन्छन् : गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० नै हो

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सबैभन्दा ठूलो खड्गो रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा आइतवार ओलीले यस्तो बताएका हुन्।ओलीले ज्योतिषीहरूलाई उद्धृत गर्दै गठबन्धनको ढाड नै भाँचिने बताए।

‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन्। कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन्’, उनले भने, ‘वैशाख ३० मा उहाँहरू (गठबन्धन)लाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ। यो ज्योतिषीहरूले भनेका हुन्, तर म ज्योतिषी होइन।’

उनले आफूले तथ्यमा आधारित भएर गठबन्धनको आलोचना गर्दै आइरहेको पनि बताएका छन्। आफूले कसैप्रति विषवमन नगरेको पनि उनले बताए। ‘विषवमन गर्ने कामको एब्सुलुट नेतृत्वकर्ता गठबन्धन हो’, उनले भने, ‘उनीहरुका कुरा सुन्नुन, के के भन्दै हिँडेका छन्। बोल्ने, नबोल्ने बोलिरहेका छन्।’

 


२५ वैशाख २०७९, आइतवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु