punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

Chaupati
safha napa

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको छ।चौधरी सवार सरकारी गाडी गएराति कांग्रेस सम्बद्ध युवाले धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रदेश सांसद चौधरी सवार से १झ ३०७ नम्बरको गाडी शनिबार राति करिब ९ बजे नेपाली नियन्त्रणमा लिएका हुन्। गाडीमा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको बताएका छन्।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी चुनावी प्रयोजनमा प्रयोग गरेको पाएपछि गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उनीहरूले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।


२५ वैशाख २०७९, आइतवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु