punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्नेक्रममा हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ थियो । सुनको मूल्य पछिल्लो समय निरन्तर घटिरहेको छ ।

वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँ घटिसकेको छ । सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो पनि चाँदीको कारोबार मूल्य यही थियो ।


२० वैशाख २०७९, मंगलवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु