punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न आज प्रदान गर्दै

Chaupati
safha napa

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्ने भएको छ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका दलका उम्मेदवारले दलकै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ चुनाव चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। यसअघि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

आइतबार प्रकाशित अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको उनले बताए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले प्रचार-प्रचार गर्न पाउनेछन्।


१७ वैशाख २०७९, शनिवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु