कैलालीमा एक पुरुष मृत फेला
कैलालीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-४ बन्देगाडाका ४० वर्षीय वीरबहादुर रोकामगर मृत फेला परेका हुन्।
रोकामगर आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ पर्ने राजिताल सामुदायिक वनको गैराखोलामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ।
उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
१७ वैशाख २०७९, शनिवार ०९:५८ बजे प्रकाशित













