चलचित्र ‘मन्त्र’ आजबाट देशभर प्रदर्शन

नेपाली कथानक चलचित्र ‘मन्त्र’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्मको कथा मनास्लु क्षेत्र आसपासको कथावस्तुमा आधारित छ ।

फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ् टि शेर्पालगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनको पटकथा छ । रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता छन् ।


१६ वैशाख २०७९, शुक्रवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु