त्रिभुवन विश्वविद्यालयको बर्खे बिदा वैशाख २२ देखि जेठ १३ सम्म
त्रिभुवन विश्वविद्यालयले स्थानीय चुनावको अवधिलाई समेत ख्याल राख्दै वैशाख २२ देखि जेठ १३ गतेसम्म शैक्षिक सत्रको बर्षे बिदा दिने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सेमेस्टर सत्रान्त बिदा दिने क्याम्पसले आफ्नै अध्ययन संस्थानबाट निर्णय गर्नेगरी अन्य विभागीय क्यम्पस र स्कूलहरूको हकमा २३ दिनको वर्षे बिदा घोषणा गरेको हो । नियमित परीक्षाको हकमा भने यथावत् रहने त्रिविले जनाएको छ ।
१५ वैशाख २०७९, बिहीवार १४:४७ बजे प्रकाशित






























