punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा बिहे भोजमा दुई समूहबीच झडप हुँदा ४ जना घाइते

Chaupati
safha napa

अछाममा बिहे भोजमा दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ मा स्थानीयको बिहे भोजका क्रममा मदिरा सेवन गरेका दुई समूहबीच विवाद भएको थियो ।

विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा मानबहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा घाइते भएका छन् । स्थानीय तपेन्द्र बुढाको समूहले उनीहरूमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार धारिलो हतियार प्रहारको आरोपमा स्थानीय तपेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य फरार रहेका छन् ।


१५ वैशाख २०७९, बिहीवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु