punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयरका प्रत्याशी हमालले खाए भ्रष्टाचार नगर्ने कसम

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा क्रिया खाएका छन् ।

बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् ।

आफूलाई धनगढीले सब थोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही गर्नुपर्छ भनेर नगरप्रमुखमा उम्मेदवारी दिएको हमालले बताए । हमालले यसअघि नगरप्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवासुबिधा नलिने घोषणा गरिसकेका छन् ।

आफ्नो विषयमा विपक्षले बजारमा अनेकन हल्ला खासगरी हमालले जिते लाख होइन सिधै करोडौं भ्रष्टाचार गर्छ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आएर सार्वजनिकरूपमा एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने कसम खाएको हमालको भनाइ छ ।

हमाल यसअघि २०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको नगरप्रमुखमा उम्मेदवारी दिएर झिनो मतले पराजित भएका थिए ।


१५ वैशाख २०७९, बिहीवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु