punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

Chaupati
safha napa

गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गएराति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो ।

गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् । उनका अनुसार कार सडकको पर्खालमा बज्रिएको थियो ।

आफू अर्धनिद्रामा भएका बेला कार दुर्घटना हुँदा त्यहीँ होस गुमेको उनले बताएका छन् । दुर्घटनापश्चात उनलाई कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएका थिए । करिब ४५ मिनेटपछि होश आयो ।

गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएको खरेलले बताएका छन् । राति ४ बजे अस्पतालबाट डिस्चार्ज भएर उनी काठमाडौं आए । काठमाडौंको अस्पतालमा सबै चेक जाँच गर्दा बाहिरी चोटबाहेक भित्री रिपोर्ट नेगेटिभ आएको छ ।

 


१५ वैशाख २०७९, बिहीवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु