एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता
धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको टुङगो लगाएको छ । आज बसेको बैठकले एमालेको तर्फबाट धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई चयन गरेको हो ।
नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार चयन गरेको थियो । चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्ष समेत हुन् । यस्तै राना एमाले कैलालीकी नेतृ हुन्।
१२ वैशाख २०७९, सोमवार १३:५९ बजे प्रकाशित






























