टिकट नपाएपछि कञ्चनपुर क्षेत्र नं. २ का कांग्रेस सभापतिलगायत १३ जनाले दिए राजीनामा
टिकट नपाएपछि कञ्चनपुर कञ्चनपुर क्षेत्र नं. २ का कांग्रेस सभापतिलगायत १३ जनाले दिए राजीनामा दिएका छन् ।
शुक्लाफाँटा नगरपालिकाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति लालबहादुर सिंहलगायत १३ जनाले राजीनामा दिएका हुन् ।
कांग्रेसले शुक्लाफाँटामा चिन्तामणी भट्टलाई मेयर र कल्पना पन्तलाई उप मेयरको उम्मेदवार बनाएको छ ।
सभापति सिंह र महाधिवेशन प्रतिनिधि बोहरा आफैँ मेयरका दाबेदार थिए । यी दुबै जना कांग्रेसको आन्तरिक राजनीतिमा नेता एनपी साउद निकट मानिन्छन । मेयरको टिकट पाउने भट्ट पनि यही समूहका हुन् ।
क्षेत्रीय सभापति सिंह र महाधिवेशन प्रतिनिधि मधु बोहरालगायत १३ जनाले पार्टीबाट राजीनामा दिएपछि उनीहरुलाई मनाउन कांग्रेसलाई हम्मे हम्मे परिरहेको छ ।
१२ वैशाख २०७९, सोमवार १४:२९ बजे प्रकाशित






























