punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मकवानपुरमा चट्याङ लागेर जनाको मृत्यु

Chaupati
safha napa

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका(२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।


७ वैशाख २०७९, बुधवार ११:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु