कर्णाली नदीमा नुहाउने क्रममा २ बालक बेपत्ता
कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्। सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा पन्चदेवल विनायक नगरपालिका-८ बारलाका ११ वर्षीय विराज जैसी र ६ वर्षीय अभिषेक जैसी बेपत्ता भएका हुन्।
कर्णाली नदीमा दिउँसो करिब ३ बजेतिर पौडी खेलिरहेको अवस्थामामा डुबेर बेपत्ता भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए । बालकहरू बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट बारलाबाट प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका बताइएको छ ।
५ वैशाख २०७९, सोमवार २०:५५ बजे प्रकाशित






























