punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ दुर्घटना अपडेट : सभापति बोहराको अवस्था सामान्य, छोराको मृत्यु

Chaupati
safha napa

बझाङमा गएराति भएको जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको मृत्यु भएको छ । सभापति बोहराको अवस्था भने सामान्य रहेको दुर्घटना अपडेटप्रहरीले जनाएको छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते भएका थिए ।

जीपमा सभापति बोहरा परिवार सवार थिए । दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने, अन्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार गएराति १२ : ४० मा जीप दुर्घटना भएको जीपमा ९ जना सवार थिए । त्यसमध्ये पाँच जनाको अवस्था सामान्य छ ।


४ वैशाख २०७९, आइतवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु