punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा

Chaupati
safha napa

चिरपप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछि उपाधि नजिक रहेको छ ।

सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काए पनि टोलीले हार टार्न सकेन ।

लिभरपुलले उपाधिका लागि आइतबार साँझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्ने छ ।


४ वैशाख २०७९, आइतवार ०७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु