punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका-४ मौरनीयामा भे१च २४०९ नम्बरको एम्बुलेन्स र से२प ३२८४ नम्बरको मोटरसाइल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक बर्दीयाका कालीमान चौधरी र मोटरसाइकल चालक जानकी-६ का रामदयाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


२ वैशाख २०७९, शुक्रवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु