punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षको अन्तिम दिनमा बढ्यो सुन–चाँदीको मूल्य

Chaupati
safha napa

आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख एक हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ रहेको छ ।

 बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ रहेको थियो ।

 


३० चैत २०७८, बुधवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु