punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सनिवार पनि कैलालीको गौरीफन्टा नाकाबाट १ हजार ९ सय बढी नेपालीको उद्दार

Chaupati
safha napa

धनगढी,जेठ १०। भारतबाट फर्किएर नेपाल–भारत सिमाना गौरीफन्टा नाकामा अलपत्र परेका १ हजार ९ सय ५९ नेपालीको आज उद्दार गरिएको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई आज पनि स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको हो ।

कोरोनाका कारण भारतमा बेरोजगार भएपछि आजभोली गौरीफन्टा नाका भएर नेपाल फर्कनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । आज मात्रै एक हजार ९ सय ५९ जनाको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उद्धार गरिएका नागरिकहरुलाई सम्बन्धीत स्थानीय तहमा पठाइएको छ । यसैगरी नेपालमा अलपत्र परेका ८६ जना भारतीय नागरिकलाई भारत पठाइएको छ ।


१० जेठ २०७७, शनिवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु