घोडाघोडी नगरपालिकाको प्रमुखमा पत्रकार मिश्रको उम्मेदवारी घोषणा

कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा पत्रकार प्रकाश मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । प्रेस चौतारी नेपाल निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष मिश्रले शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् ।

नेकपा एमाले घोडाघोडी नगरपालिकाको सातौँ पूर्ण बैठकमा मिश्रले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । डेढ दशक देखी पत्रकारितामा सक्रिय रहेका मिश्र सामाजिक कामहरूमा पनि सक्रिय छन् । मिश्र सहित घोडाघोडी नगरपालिकाका वर्तमान नगर प्रमुख ममता प्रसाद चौधरी, नगर कमिटी अध्यक्ष बक्त बहादुर शाही र प्रदेश कमिटी सदस्य विष्णु चौधरीले पनि नगर प्रमुखमा दाबी गरेका छन् ।

त्यस्तै उपप्रमुखमा करुणा बम बटाला, लक्ष्मी चौधरी, धनन्जय कठायत, विजया खड्का, निर्मला सन्ज्याल, इन्दु चौधरी, पुजा न्यौपाने र रमा आचार्यले दाबी गरेका छन् ।


२५ चैत २०७८, शुक्रवार २१:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु