punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

Chaupati
safha napa

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । तोकिएकै अवधिभित्र अभियानलाई पूर्णता दिइसक्न सरोकारवालाहरूलाई उनले निर्देशन दिए ।

मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा उनले अभियान सञ्चालनका क्रममा आउनसक्ने कठिनाइहरूको व्यवस्थापन मिलाइसकिएको बताए । आफ्ना बालबालिकालाई खोप अभियानमा ढुक्क भएर सहभागी गराउन अभिभावकहरूलाई उनको आग्रह थियो ।

आजदेखि सुरु भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने उनले बताए । यो अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप लगाइने उनले बताए ।


२५ चैत २०७८, शुक्रवार २१:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु