भारतका विभिन्न शहरमा अलपत्र परेका नेपालीहरुको नेपाल आउने क्रम जारी
धनगढी,जेठ,९ । भारतका विभिन्न शहरमा अलपत्र परेका नेपालीहरु नेपाल आउनेहरुको क्रम जारी रहेको छ । शुक्रवार मात्रै कैलालीको गौरीफन्टा नाका भएर २ हजार भन्दा बढी नेपाली नेपाल प्रवेश गरेका छन ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार २ हजार १४ जना नेपाल प्रवेश गरेको जानकारी दिए । ¥यापिड किटको अभाव भएकै कारण आज पनि परीक्षण बिना नै उनीहरुलाई भित्र्याउन थालिएको हो।
यसअघि बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार दुई हजार ४९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार कसैको पनि परीक्षण भएको थिएन भने बिहिवार ६ सय जनाको मात्र्रै यापिड टेस्ट गरिएको सुचना अधिकारी जोशीले जानकारी दिए ।
९ जेठ २०७७, शुक्रवार १४:४१ बजे प्रकाशित































