नेपालमा शनिबार थप ३२ जनामा कारोना संक्रमण पुष्टि
नेपालमा शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टिभएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

१० जेठ २०७७, शनिवार ०३:२० बजे प्रकाशित































