समाजसेवी ओझाद्वारा खाजा उपलब्ध
धनगढी,जेठ ९ । समाजसेवी तथा नेपाली काङग्रेस महासमिति सदस्य हेमराज ओझाले सिमा क्षेत्रमा अलपत्र रहेका नेपालीहरुलाई खाजा खुवाएका छन् । भारतबाट नेपाल भित्र्याइएका तर सम्बन्धित स्थानिय तहमा पठाउन नसकिएका नेपाली नागरिकहरुलाई उनले बिहान चिया बिस्कुट बाँडेका हुन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर २ मा रहेको नवदुर्गा माध्यमिक बिद्यालयमा रहेका ८ सय बढी नेपालीहरुलाई उनले बिहानको खाजा खुवाएका हुन् । भारतबाट उद्धार गरिएपनि सम्बन्धित स्थानिय तहको जिम्मा नलगाइसकिएको अवस्थामा उनिहरु अलपत्रझैँ थिए । खाना तथा नास्ता नपाएर भोकभोकै बिद्यालयमा रहेका नेपाली नागरिकहरुलाई केही राहत होस भन्ने उद्देश्यले चिया बिस्कुट वितरण गरेको ओझाले बताए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्थानिय तह निर्वाचनमा मेयरका प्रत्यासी समेत रहेका ओझाले अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई करिब १ हजार ५ सय थान बिस्कुट, चिया, तथा पानी खुवाएका हुन् । कयौँ दिनदेखी खान नपाएर भोकभोकै कस्टकर अवस्थामा रहेका उनिहरुलाई सामान्य सहयोग गरेको ओझाले बताए ।
९ जेठ २०७७, शुक्रवार १३:४० बजे प्रकाशित






























