सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।धनगढी प्रयोगशाला मार्फत गयराति गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो।
कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ भने नेपालभरि संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
९ जेठ २०७७, शुक्रवार १०:५० बजे प्रकाशित































